धनगढी- सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अर्का सांसद पनि मन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका लक्ष्मणकिशोर श्रेष्ठलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन्।
उनको आजै साँझ शपथ हुने एक नेताले बताए। नेपाली कांग्रेसको सरकारलाई हाम्रो साथ, समर्थन चाहिएको छ। यो सरकारलाई हाम्रो समर्थन रहँदै आएको छ। उहाँहरूले मन्त्री नियुक्त गर्न सक्नुहुनेछ।
माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिरिइसकेको अवस्थामा हाम्रो साथ खोज्नु अन्यथा होइन। तर परिपक्व भइसकेको छैन। अझै एक घन्टामा थाहा होला,’ उनले भने।
शुक्रबार मुख्यमन्त्री शाहले नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम डगौरा थारूलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए।
पार्टीको निर्देशनविपरीत मन्त्री बनेको र शपथ खाएको भन्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनीहरूलाई कारबाही गर्ने निर्देशन दिएकी थिइन्।
यद्यपि सुदूरपश्चिम सरकारमा नाउपा यसअघि नै सरकारमा सामेल भइसकेको छ।
नाउपाबाट रामेश्वर चौधरी भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री छन्। तर पार्टीसँग सरसल्लाह नगरी थप मन्त्रीहरूले शपथ लिएपछि पार्टीभित्र विवाद चुलिएको थियो।
‘













