धनगढी- कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको हो ।
आगो पुलमा समेत सल्किएको छ । आगो निभाउने प्रयास जारी छ । लाइटर बोकेको ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए । आगो निभाउने प्रयास भइरहेको उनले जानकारी दिए ।













