काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ। केन्द्रीय कार्यालय चस्मतिमा सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते बझाङमा हुने प्रदेश सभा सदस्य निर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री डा। मुकुल ढकालले जानकारी दिए।
बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा २०७९ मंसिरमा भएको चुनावबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा परेर निधन भएपछि यो क्षेत्र रिक्त छ।
रास्वपाले २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा पनि भाग लिएको थिएन। रास्वपाले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भने भाग लिने निर्णय गरेको छ। ०७९ मंसिरको चुनावमा त्यस क्षेत्रबाट नेकपा ९एमाले० का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भए पनि उनको गत भदौ २६ गते निधन भएको थियो।
यस्तो छ निर्णय:

















