• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

जोरायलको रैथाने बासमती चामलको माग बढ्दै

  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित

डोटी- डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यवसायीक खेती हुन थालेको छ। ‘जोरायली बासमती धान’को चामल भात खानामा स्वादिलो, नरम र बास्नादार रुपमा चर्चा कमाउन थालेपछि धानको व्यवसायीक खेती हुन थालेको हो।

बासमती धान विक्री गर्नका लागि बजारको समस्या छैन। उत्पादित भएको धान सबै बिक्री हुन्छ। बासमती धान रोप्ने किसानले मात्रै नभएर धान खरिद गरी बिक्री गर्ने व्यवसायीले पनि राम्रो आम्दानी गर्न थालेका छन्। स्थानीय मिलले किसानबाट धान खरिद गरी चामल बनाई प्याकिङ गरेर बिक्री गर्ने गरेका छन्। एउटै मिलले वर्षमा लाखौँको कारोबार गर्दछन्।

जोरायल–४ सिलङ्गीबागमा रहेको पिनाकेश्वर कुटानी पिसानी मिलले वर्षमा रु ३० देखि ३५ लाखको कारोबार गर्छ। विसं २०६९ मा स्थापना भएको यो मिलले बाह्रै महिना बासमती धानको खरिद तथा चामल बिक्री गर्दै आएको मिल सञ्चालक टेकबहादुर मडैले जानकारी दिए। किसानबाट खरिद गरेको धान मिलमा कुटेर ग्रेडिङ गरी प्याकिङ गरेर बिक्री गर्दै आएको उनले बताए।

“हामी किसानबाट बासमती धान प्रतिकिलो रु ६५ देखि ७० मा खरिद गर्छौँ र चामल प्रतिकिलो रु एक सय २५ देखि एक सय ३० मा बिक्री गर्छौँ”,व्यवसायी मडैले भने।

मडैजस्तै बासमती चामलको व्यापार गर्दै आएका ग्वासी समैजी मिलका सञ्चालक भरत बोहरा पनि वर्षमा करिब रु १० लाख बराबरको कारोबार गर्छन्। उनि दुई वर्षयता जोरायली बासमती चामलको व्यापार गरिरहेका छन्।

यो चामलको माग बर्सेनि बढ्दै जान थालेपछि माग भए जति मागकर्तालाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए। उनले भने, “चामलको माग धेरै हुन्छ, ग्राहकले माग गरेभन्दा आधा घटाएर दिनुपर्छ, जस्तै एक सय किलो माग भएमा ५० किलो उपलब्ध गराउँछौँ।”

मडै र बोहराजस्तै यहाँका अन्यले बासमती चामलको व्यापार गरिरहेका छन्। व्यापारीहरू पाँच, दश, २५ र ५० किलोको प्याकेटमा प्याकिङ गरेर चामल बिक्री गर्छन्। जोरायलमा उत्पादन भएको बासमती चामलको मुख्य बजार फल्टुडे, सहजपुर, बुडर, अत्तरिया, धनगढी, महेन्द्रनगरलगायतका बजार हुन्। मिलमा प्याकिङ भएको चामल प्रायः थोकमा बिक्री हुन्छ।

यो धान वर्षमा रु एक करोडभन्दा बढी गाउँपालिकाबाट बिक्री हुने गरेको जोरायल गाउँपालिकाको अनुमान छ। गाउँपालिकाले ‘जोरायली बासमती धान’लाई अग्र्यानिक ब्राण्ड बनाउन लागेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।

हालसम्म बासमती धानको बीउ संरक्षण, खेती विस्तारजस्ता काम गरिरहेको गाउँपालिका अब अग्र्यानिक ब्राण्ड बनाउन लागेको उनले बताए। अध्यक्ष ओझाले भने, “बासमती धानको लागि बजारको अभाव छैन, यसलाई अग्र्यानिक ब्राण्डका रूपमा विस्तार गर्न खोजिरहेका छौँ,सम्भवतः एक महिनाभित्रै यो कामले सफलता पाउनेछ।”

जोरायलको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वर भूमि मानिन्छ। जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, जिजिकोट, सिलङ्गीबाग, सुगाँल, राउतकट्टे, चनकट्टे, थापाली, स्यालालगायतका ठाउँमा यो धानको खेती गरिन्छ। पछिल्लो समय यो धानको बीउ हराउने डरमा गाउँपालिका र किसान बीउ संरक्षणमा लागेका छन्। रासस

  • चामलको माग बढ्दै
मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.