• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

डोटीमा अदुवा किन्न बारीमा व्यापारी

  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

डोटी- लामो समयदेखि व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका बडीकेदार गाउँपालिका–३ का उपेन्द्र मल्लले उत्पादन गरेको ६० क्विन्टल अदुवा खरिद गर्न झापादेखि एक जना व्यापारी उहाँको बारीमा नै पुग्ने गरेको पाइएको छ । सडक यातायातको सहज पहुँच र वार्षिक रूपमा अदुवाको उत्पादन वृद्धिसँगै कृषक मल्ल जस्तै व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुएका किसानको खेतबारीबाटै व्यापारीले अदुवा खरिद गरेर लैजाने गरेका छन् ।

स्थानीयस्तरमा व्यावसायिक रूपमा अदुवा उत्पादन गर्दै आएका कृषक मल्लले भने, “काठमाडौँ, पूर्वमा विराटनगर, झापासँगै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत अदुवा खरिद गर्न गाडी लिएर व्यापारीहरू घरसम्मै पुग्छन् ।” स्थानीयस्तरमा उत्पादन भएको अदुवा बिक्रीका लागि बजारको समस्या नभएपछि अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या पनि बर्सेनि बढ्दै जान थालेको छ । डोटीमा सबैभन्दा बढी अदुवा उत्पादन हुने क्षेत्रका रूपमा बडीकेदार गाउँपालिकालाई लिइएको छ ।

बडीकेदारसँगै बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकामा अदुवा उत्पादन हुने गरेको छ । अदुवा उत्पादनका क्रममा किसानले रासायनिक मलको प्रयोग गर्दैनन् । प्राङ्गारिक मलको प्रयोग गरेर यस क्षेत्रमा अर्गानिक हिसाबले अदुवा उत्पादन हुँदै आएको कृषकले बताएका हुन् ।

बोगटान फुड्सिल गाउँपालिका–२ मा अदुवा उत्पादनमा संलग्न स्थानीय कृषक पुष्कर बोहराले भने, “त्यसै पनि आवश्यक परेको समयमा स्थानीय बजारमा रासायनिक मल पाइँदैन, हामीले पहिलेदेखि नै घरमै पाइने गोठेमल प्रयोग गर्दै आएका छौँ । हामीले उत्पादन गर्ने अदुवालाई उपभोक्ताले अर्गानिक अदुवाका रूपमा लिने गरेका छन् ।”

अदुवाका लागि मल धेरै चाहिने भएकाले वर्षैपिच्छे जमिन फेर्नुपर्ने हुन्छ । उत्पादनका क्रममा किसानले प्राङ्गारिक मल मात्रै प्रयोग गरेका कारण यस क्षेत्रमा उत्पादन हुने अदुवालाई उपभोक्ताले अत्यधिक मन पराउने गरेको धनगढीका अदुवा व्यापारी पुष्कर जोशीले बताए । व्यवसायी जोशीले भने, “डोटीमा उत्पादन हुने अदुवाको माग बजारमा राम्रो छ । धनगढीदेखि देशका विभिन्न स्थानका साथै भारतमा समेत यहाँको अदुवा बिक्रीका लागि पठाउने गरेका छौँ ।”

जिल्लाका ग्रामीण क्षेत्रसम्म सहजै यातायात र ढुवानीको व्यवस्था, बजारसम्मको सहज पहुँच र आम्दानी पनि राम्रै हुने गरेका कारण डोटीमा किसानले बर्सेनि अदुवा खेतीलाई व्यावसायिक रूपमा गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीका अनुसार यस जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८५० हेक्टर जमिनमा अदुवा खेती गरिएकामा १३ हजार २४६ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।

त्यस्तै आव २०७८/७९ मा ८४५ हेक्टर जमिनमा अदुवा खेती गरिएकामा १३ हजार एक सय मेट्रिक टन र आव २०७७/७८ मा ७८० हेक्टरमा अदुवा खेती गरिएकामा ११ हजार सात सय मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

अदुवा बढी उत्पादन हुने विभिन्न क्षेत्रलाई अदुवा पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी भइरहेको छ । किसानले गत वर्ष प्रतिकिलो ७० रुपियाँदेखि १३० रुपियाँसम्ममा अदुवा बिक्री गरेका थिए । उत्पादन बढ्दै गए पनि भण्डारणको व्यवस्था हुन नसक्दा अदुवा उत्पादनलगत्तै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । अदुवा भण्डारणको उचित व्यवस्थापन हुन सकेमा बेमौसममा आफूले मागेको मूल्य लिन सकिने किसान बताउँछन् ।

  • बारीमा व्यापारी
बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.