• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

कञ्चनपुरमा अठ्ठाइस वर्षपछि जग्गाको स्वामित्व पाउँदा …

  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–५ का ६८ वर्षीय नन्दसिंह साउदले जग्गा नापजाँच भएको २८ वर्ष पछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएकोमा निकै खुसी छन् । वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाएपछि उनी ढुक्क भए । “ऐलानी जग्गा थियो”, उनले भने, “कहिले विस्थापनमा पार्ने हुन भन्ने डर सधैँ मनमा कुरा खेली रहन्थ्यो, पुर्जा पाइएपछि मर्नुअघि जग्गाको मालिक हुन पाइयो, यसमै खुसी छु ।”

साउदजस्तै जग्गाधनी प्रमाण पुर्जा पाएका कालु धामीले सरकारपिच्छे बन्ने आयोगका कारण जग्गा नापजाँच भएको लामो समय सम्म पर्खनुपरेको बताए । विगतमा आयोग बन्ने तर सरकार फेरिएसँगै आयोगमा नयाँ पदाधिकारी आउँदा अन्यौलता सिर्जना हुँदै आएको उनको भनाइ छ ।

“वर्षौंपछि जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी छौँ”, उनले भने, “दुई पिँढीदेखि चलन भोग गरेको जग्गाको स्वामित्व बल्ल मिलेको छ, यस्तो अवस्थामा खुसी न हुने कुरै छैन ।” साउद र धामीसँगै दुई सय ८० परिवारको ऐलानी जग्गा विसं २०५२ मै नापजाँच भएको हो । जग्गा नापजाँच भएकामध्ये ८४ जनाले मात्रै जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।

जग्गा नापजाँच भएको १६ वर्ष पछि (विसं २०६७) गठन भएको आयोगले जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउनका लागि सूचना जारी गरेपछि दुई सय ८० परिवारले राजस्वसमेत बुझाए । आयोगको म्याद सकिनै लाग्दा हतार हतारमा सेतो जग्गाधनी पुर्जा उपलब्ध गराइयो । त्यो पुर्जाले मान्यता पाएन ।

“जग्गाधनी प्रमाण पुर्जा हातमा थियो”, स्थानीय समाजसेवी दलबहादुर बोहराले भने, “मान्यता नहुँदा बैंकमा धितो राखेर न त व्यवसाय गर्नहुन्थ्यो, न वैधानिक तरिकाले खरिद बिक्री गर्ने अवस्था थियो, न अन्य कार्यका लागि मान्य थियो, पुर्जा भएर पनि अन्यौलतामा थियौँ ।” अव्यवस्थित बसोबासीलगायतलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोगको जिल्लास्थित कार्यालयले विगतका आयोगले गरेका अधुरा जग्गासम्बन्धी कार्यको लगत लिने कार्य गर्यो ।

“त्यसमा सेतो जग्गाधनी पुर्जा प्राप्त गरेका सबै जनाले लगतमा समावेश गर्नका लागि निवेदन दिन लगायौँ”, वडा अध्यक्ष चक्रबहादुर खड्काले भने, “पुराना जग्गासम्बन्धी फाइल हेर्न नगरपालिकाकै खर्चमा कर्मचारी खटायौँ ।” जग्गाधनी प्रमाण पुर्जाको अधुरो कार्यको लागि निवेदन दिएका व्यक्तिको विवरण तयार गरिएपछि आयोगबाट प्रमाणीकरणपश्चात् जग्गासम्बन्धी विवाद नभएका ८४ जनालाई पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन सफल भइएको उनले बताए ।

विगतका आयोगमै जग्गाधनी प्रमाण पुर्जाका लागि राजश्व बुझाएका बाँकी व्यक्तिलाई जग्गाको मालिक बनाउन पहल गरिरहेको उनले उल्लेख गरे । “नगरपालिका र भूमि आयोको जिल्ला कार्यालयमा समन्वयको कार्य गरिरहेका छौँ”, उनले भने, “छिट्टै विवादरहित तरिकाले पुर्जा उपलब्ध गराउनका लागि आवश्यकताका आधारमा जग्गा नापजाँचसँगै विगतका आयोगले गरेका त्रुटि सच्याउनका लागि आग्रह गर्दै आएको छु, कार्य हुन्छ भन्ने अश्वासन पाएको छु ।”

राष्ट्रिय भूमि आयोगद्वारा तयार गरिएका जग्गाधनी पुर्जा वडा कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीलाई हस्तान्तरण गरिएको छ । विगतका आयोगका अधुरा कार्यअन्तर्गत सेतो जग्गाधनी पुर्जा पाएका राजस्व बुझाएका जग्गाधनीलाई प्रमाण पुर्जा हस्तान्तरण गरिएको हो ।
पुर्जा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रणबहादुर महराले विगतका आयोगका अधुरा कार्य पूरा गरी वडाका वर्षौंदेखि जग्गा चलनभोग गर्दै आएका जग्गाधनीलाई पहिलो प्राथमिकतामा राखेर प्रमाण पुर्जा वितरण गरिने बताए।

“पहिलो चरणमा विवादरहित रहेका जग्गाधनीलाई प्रमाण पुर्जा वितरणको कार्य गरेका छौँ”, उनले भने, “दोस्रो चरणमा बाँकी रहेका सबैलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नका लागि प्राविधिक जनशक्ति थपेर कार्य टुङ्गोमा पुर्याउने छौँ ।”

राष्ट्रिय भूमि आयोगका कञ्चनपुर जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गानाले विगतका आयोगका अधुरा कार्यअन्तर्गत सेतो जग्गाधनी पुर्जा पाएकालाई पहिलो प्राथमिकतमा राखेर कार्य अगाडि बढाइएको बताए । विगतको आयोगले गरेका त्रुटिपूर्ण कार्यका कारण सेतो पुर्जा पाएका सबै जनालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन नसकेको उनले बताए ।

उनका अनुसार जग्गा एउटा नक्सा अर्को, एउटाको नाममा जग्गा अर्कोले कमाएर खाएको र सेतो पुर्जा एउटाको नाममा भए पनि बेचेर अर्कोले चलन भोग गर्दै आएकाले विवाद हुने देखिँदा त्रुटि सच्याएर मात्रै पुर्जा वितरण गर्न कार्य अगाडि बढाइने छ । जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने राष्ट्रिय अभियान अन्र्तगत जिल्लामा अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको कार्य अगाडि बढी रहेको जानकारी दिँदै उनले जग्गा नापजाँचको कार्य अगाडि बढे पनि जनशक्ति अभावका कारण नतिजा सोचेजस्तो हुन नसकेको बताए ।

भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको प्रमाणीकरण गरी नगरपालिकाले पठाएमा बसेकै ठाउँमा जग्गा नापजाँच गरी जग्गाधनी पुर्जा वितरण गर्न सकिने उनको भनाइ रहेको छ । घरवासका लागि एक कट्ठा र कृषिजन्य प्रयोजनका लागि पाँच कट्ठासम्म जग्गा नापाजाँच गरी जग्गाधनी प्रमाण पुर्जा दिने अधिकार आयोगलाई रहेको उनले उल्लेख गरे ।

नगरपालिकाको भूमि शाखाका प्रमुख मोहन फुलाराले अव्यवस्थित बसोबासीको वडा नं १, २, ३ र ९ मा जग्गा नापजाँचको कार्य पूरा भएको बताए । “वडा नं १२ मा जग्गा नापजाँचको कार्य अन्तिम चरणमा पुगेको छ”, उनले भने, “दुई वटा जग्गा नापजाँचका लागि टोली खटाइएका छन्, जनशक्ति थप भए चालु आवभित्रै नगरपालिकाभित्रका अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको कार्य सकिन्छ ।” अधिकारकर्मी शिवी लुहारले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाउन माग गरे । रासस

 

  • जग्गाको स्वामित्व
बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.