अछाम – कार्य सम्पादन मूल्याङ्कनमा अछाम जिल्लाका १० स्थानीय तह मध्ये जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ ।
राष्ट्रिय प्रकाकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा मंगलसैन नगरपालिका जिल्लामा प्रथम र सुदूरपश्चिम प्रदेश भरीमा चौँथो स्थान हासिल गर्न सफल भएको हो ।
विभिन्न १७ वटा सूचकको अंकका आधारमा अछामका १० स्थानिय तह मध्ये मंगलसेन नगरपालिकामा प्रथम भएको हो भने दोश्रोमा चौरपाटी गाँउपालिका र पुछारमा कमलबजार नगरपालिका रहेको छ ।
कार्यसम्पादन मूल्याङ्कन वापत देशभरीका प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंक सम्बन्धि प्रकाशित विवरण अनुसार मंगलसैन नगरपालिका सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा चौँथो स्थान हासिल गर्न सफल भएको नगरका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।
















