धनगढी- सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख नजिर मियाले पदभार ग्रहण गरेका छन् । शुक्रबार धनगढी आइपुगेका मियाँले प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख मियाँले सबै पक्षसँग समन्वय र सल्लाह गरेर कामकाज गर्ने प्रतिबद्वता जनाएका छन् । मियाँ मुस्लिम समुदायबाट प्रदेश प्रमुख बनेका पहिलो व्यक्ति हुन् ।













