धनगढी- कैलालीको मोहना नदिमा एक युवक मृत अवस्थामा फेला परेका छन्। टीकापुर नगरपालिका–९ स्थित मोहना नदिमा हाल नामथर नखुलेको अन्दाजी २५/२६ वर्षीय युवकको शव शुक्रवार साँझतिर मृत फेला परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।
















