धनगढी- नेपाली कांग्रेस गोदावरी नगरसमितिले सचिव अशोकराज देवकोटालाई निलम्बन गरेको छ । कार्यसमितिका सचिव रहेका देवकोटालाई शनिवार बसेको बैठकले निलम्बन गरेको हो ।
अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका देवकोटाको नक्कली टिकट ठेली प्रकरणमा नाम मुछिएकाले उनलाई निलम्बन गरिएको समितिका सचिव योगेश भट्टले जानकारी दिए । उनका अनुसार उक्त घटनामा निष्पक्ष छानबिन होस भन्दै देवकोटालाई छानबिन अवधि सम्मका लागि निलम्बन गरिएको हो ।
अत्तरिया उद्योग वाणिज्य संघले लगाएको आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएका थिए । उक्त प्रकरणमा निवर्तमान अध्यक्ष सहितका केही व्यक्तिहरूको नाम मुछिएको थियो ।













