धनगढी- कैलालीको धनगढीमा रहेको सौराइ स्क्वायरले गरेको नारी सम्मान २०८० बाट कैलालीकी पत्रकार जमुना न्युरेलाई सम्मानित गरेको छ । पत्रकार न्युरे कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको ग्रामीण नारायणपुरमा रहेर करिब १५ वर्ष देखि वन, वातावरण, जैविक विविधता, महिला, शिक्षा तथा स्वास्थ्यको क्षेत्र लाई आफ्नो पत्रकारिताको मुख्य क्षेत्र (विट) बनाइ समाजमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानित गरेको छ ।
पत्रकार न्युरे नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य र सती कर्णाली अनलाइनकी कार्यकारी सम्पादक समेत हुन् । सौराइ स्क्वायर धनगढीले ११४ औ अन्तर्राष्ट्रिय नारी दिवस अवसर पारी सौराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरूलाई सम्मान गरेको हो।













