• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

हराभरा हुँदैछ, धनगढी

  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित

दीपक ओली/धनगढी- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलाई हरियो, सफा र सुन्दर बनाउने अभियान जारी छ । धनगढीलाई हराभरा बनाउने अभियानअन्तर्गत तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रम सुरू भएको छ । हरियो प्रवद्र्धन कार्यक्रमका क्रममा शुक्रबार धनगढी विमानस्थल जोड्ने सडकको दुवै किनारामा बिरुवा रोप्ने काम सुरु भएको छ ।

धनगढी उपमहानगरपालिकाका अनुसार तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रममा पाँच हजार पाँच सय बढी विभिन्न प्रजातीका बोट रोप्ने लक्ष्य लिइएको छ । धनगढी विमानस्थल जोड्ने सडक तथा वडा नम्बर १३, चक्रपथ र वडा नम्बर २ देखि वडा १४, फूलबारीसम्मको हुलाकी सडकको दुवै किनारामा ठूलो परिमाणमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारुले विमानस्थल सडकमा विरुवा रोपेर अभियानको सुरुवात गरिन् । उपप्रमुख रानाथारुले भनिन्– तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानअन्तर्गत धनगढी विमानस्थलदेखि ६ लेन सडकसम्म चार सय ५० विरुवा लगाइने छन् ।

उपमहानगरपालिका कार्यालयले तेस्रो चरणको हरियाली अभियानमा विमानस्थल सडक, चक्रपथ र हुलाकी सडकको दुवै किनारामा विभिन्न प्रजातीका विरुवा रोपिने जनाएको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले भने– तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानमा साढे पाँच हजार बढी विरुवा रोपिने छन् ।

उपमहानगरपालिकाले वृहत वृक्षारोपण अभियान सुरु गरेदेखि नै आम नगरबासीलाई समेत अभियानमा सहभागी बनाउँदै आएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले भने– “वृक्षारोपणका लागि व्यक्तिले समेत उपमहानगरपालिकालाई आर्थिक सहयोग गर्दै आउनु भएको छ । हामीले एउटा विरुवा रोप्नका लागि व्यक्तिबाट पाँच हजार रुपैयाँ सहयोगको कार्यक्रम बनाएका छौं । नागरिकबाट निकै उत्साहका साथ यो कार्यक्रमलाई समर्थन मिलेको छ ।

वृक्षारोपण अभियानका क्रममा उपमहानगरपालिकाले आह्वान गरेपछि देशभित्र र विदेशमा रहेका व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले भने– नागरिकबाट प्राप्त भएको रकमबाट हामीले विरुवा र घेरबार किनेर वृक्षारोपण कार्य अघि बढाएका छौ । उनले नगर प्रमुख । गोपाल हमाल पहलमा धनगढीबासी तथा नेपालको विभिन्न ठाउँ तथा विदेशमा बस्ने नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको बताए ।

उपमहानगरपालिकाले हरियालीयुक्त धनगढी सहर नारासहित चालू आर्थिक वर्ष २०७९÷८० बाट वृक्षारोपण अभियान अघि बढाएको छ । अहिलेसम्म उपमहानगरपालिकाभित्रको ६ लेन सडकको बीच (मेडियन) र दुवै किनारामा वृक्षारोपण भइसकेको छ । त्यस्तै, क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडकमा पनि वृक्षारोपण कार्य पुरा भएको छ । बजार क्षेत्रका निर्माण भइसकेका सडकहरूमा समेत बृक्षारोपण भएको छ ।

नगर प्रमुख हमालले हरियाली धनगढी शहरको नारा साकार पार्न वृहत रुपमा वृक्षारोपण अभियान अघि बढाइएको बताए । उनले भने– हामी आम नगरबासीको साथ र समर्थनबाट यो अभियान अघि बढाइरहेका छौ । नागरिकको स्वामित्व भएकोले यो अभियान सफल हुने विश्वास छ ।उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली (ट्री–गार्ड) राख्नुका साथै मल हाल्ने, सिँचाईं गर्ने र नियमित रुपमा गोडमेल गर्ने काम गरिरहेको छ । हरियाली धनगढी अभियान अन्तर्गत तेस्रो चरणसम्म धनगढीमा ११ हजार ७२४ बिरुवा रोपिने जनाइएको छ ।

  • हराभरा हुँदैछ
शनिबार, चैत ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.