कञ्चनपुर- कञ्चनपुरबाट लागू औषध सहित एक किशोरी पक्राउ परेकी छन् । पुनर्वास नगरपालिका वडा नम्बर ११ डोके बजारबाट १ ग्राम २४० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षीया किशोरीलाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरेर उक्त पदार्थ सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।













