धनगढी- धनगढीमा रहेको अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले होलीको अवसरमा विशेष छुटसहितको बम्फर उपहार ल्याएको छ ।
थकाली खाना घरले यही चैत ९ गतेदेखि १६ गतेसम्म होलीको अवसरमा विशेष छुटसहितको बम्फर उपहार ल्याएको हो ।
चाइनिज, इन्डियन पेय पदार्थमा ५ प्रतिशत छुट दिइएको थकाली खाना घर एण्ड क्याफेका सञ्चालक रामबहादुर बोहराले बताए । उनले एक सय रुपैयाँको खानामा भाग्यशाली एक जनालाई साइकलसमेत दिइने बताए ।
अन्य खानाहरूमा १० प्रतिशतसम्म छुट दिइएको उनले बताए । खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिँडो पनि उपलब्ध रहेको छ ।
खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइने छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहीको १७० रुपैयाँ मूल्य रहेको छ ।
होटलमा बझाङको अर्गानिक मकै र कोदो अनि भाङको चटनी र मोही नास्ताको रूपमा उपलब्ध छ । केही महिना अघि मात्रै धनगढीमा थकाली खाना घर सञ्चालनमा आएको हो ।













