कैलाली- सुदुरपश्चिम प्रदेश टेबुल टेनिस (टिटि) संघको अध्यक्षमा रमेश पाण्डेय चयन भएका छन । आगामी चार बर्षका लागि पाण्डेय अध्यक्षमा चयन भएका हुन ।
सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचीव दीपक सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्षमा भिम बहादुर बिष्ट, सचिबमा करण चन्द र कोषाध्यक्षमा पुष्पराज जोशी चयन भएका छन ।
त्यस्तै, सदस्यहरुमा सुरेन्द्र बहादुर सिंह, टेकेन्द्र साउद, रामदत्त जोशी र प्रकाश साउद चयन भएको अखिल नेपाल टेबुल टेनिस संघका केन्द्रिय सदस्य कुबेर प्रकाश सिंहले बताए ।
















