धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा खानेपानी ट्याङकीको उद्घाटन गरिएको छ । बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको आयोजनामा शनिवार एक कार्यक्रमका बिच खानेपानी ट्याङकीको उद्घाटन गरिएको हो ।
बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष पदमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी सांस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव डा. दीपक काफ्ले रहेका थिए । कार्यक्रममा बोल्दै सचिव काफ्लेले आफू पदमा भएपनि वा नभएपनि मन्दिरका लागि सहयोग गर्न तयार रहेको बताए ।
खानेपानी ट्याङी बनाउदा एक करोड ४० लाख लागत लागेको बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष जोशीले बताए । उनले अब मन्दिरका लागि पानी अभाव नरहने बताए ।













