धनगढी- कैलालीको गोदावरी नगरपालिका –९ बल्मी गाउँका ५५ वर्षीय रामबहादुर नेपाली खुटिया पुलमुनि मृत फेला परेका छन् । हिजो साँझ घरबाट निस्केका नेपाली बिहिवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार मानसिक समस्या भएका नेपाली हिजो साँझबाट हराएका थिए । खोजी गर्ने क्रममा गोदावरी नगरपालिका –८ स्थित पुलमुनि आज बिहान मृत अवस्थामा फेला परेको कार्कीले बताए ।













