धनगढी । कैलाली जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका बिभिन्न मुद्दाका प्रतिवादीहरुलाई प्रहरीले प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा सवारी ज्यान मुद्दामा २०दिन कैद सजाय र रू २ ,०००।– जरिवाना ठहर भएका बर्दगोरीया ४ बस्ने बर्ष ३० को नरेश डगौरा कुटपिट मुद्दामा रू ४९० जरीवाना ठहर भएका धनगढी ६ बस्ने बर्ष ५० को बिष्णु थापा चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भएका धनगढी १२ बस्ने बर्ष१९ को मिलन शाही रहेको प्रहरीले जनाएको छ ।













