धनगढी- कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ मोहना नदी किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन्।
त्यस्तै डोटीको बोगटान नगरपालिका–७ घर भई हाल धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय घनश्याम बम मृत पनि अवस्थामा फेला परेका छन्। बेहोस अवस्थामा फेला परेका घनश्यामको निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो।
















