कञ्चनपुर- कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–६ कोल्डस्टोरचोक नजिक सोहीठाउँ बस्ने ५२ वर्षीय उत्तम मल्ल मृत फेला परेका हुन।
मल्ल बिगत डेढबर्षदेखी आफ्नै भान्जाले सञ्चालन गरेको पुरानो छोडी सकेको होटेलमा कुरुवा बस्दै आएका थिए। उनि होटेलको बरण्डामा मृत अवस्थामा फेला परेका हुन। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको छ।
















