धनगढी ।कैलालीमा फरार प्रतिबादीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा जानकी ३ बस्ने बर्ष ३९ का अमित शाह रहेको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा १ दिन कैद तोकिई फरार रहेका शाहलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ ।
यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले बहुबिबाह मुद्दामा ११ महिना २८ दिन कैद सजाय र रु१०,०००। जरिवाना तोकिई फरार रहेका गोदावरी ५ बस्ने बर्ष ५१ को सुरेश शाहलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी ४ बोराडाडीबाट बिहीबार पक्राउ गरेको जनाएको छ ।
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













