• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

प्रचण्डको आक्रोश र चेतावनीयुक्त सम्बोधन, निशानामा कांग्रेस–एमाले

  •   शुक्रबार, असार २९, २०८१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भए । विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।
प्रचण्डले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान समेत कांग्रेस–एमालेलाई चेतावनी दिए । उनले कांग्रेस र एमाले प्रतिगमनतर्फ उन्मुख भएको दाबी गर्दै त्यसलाई रोक्न पनि आफूले राजीनामा नदिई संसदमा विश्वासको मतको फेस गरेको बताए । प्रतिनिधिसभाबाट विश्वासको मत लिने सिलसिलामा संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे । उनले भने, ‘यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस् ।’

प्रचण्डले देशका माफिया शक्ति एमाले र कांग्रेसलाई मिलाउन सफल भएको बताए । उनले भने, ‘हिजो कानुनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो । बाँसबारी देखि बालमन्दिर सम्मका जग्गा खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । तपाईँहरूलाई अनौठो लाग्ला त्यो समूहले आफ्नो शक्ति देखायो ।’

सरकारको सफलता नै सरकार ढाल्ने पूर्ण आधार बन्न गएको बताउँदै उनले समाजवाद उन्मुख राष्ट्र निर्माणको सङ्कल्प गरेपनि व्यवहारमा त्यो नभएको बताए । उनले बिचौलियाको घरमा बसेर कांग्रेस एमालेले समीकरण परिवर्तन गर्ने निर्णय गरेको भन्दै त्यसमाथि पनि प्रश्न उठाए ।

यस्तै प्रचण्डले कांग्रेस एमालेमा नैतिकता नभएको आरोप लगाउँदै भने, ‘अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्तो कस्तो र रणनीतिक महत्वका निर्णय गर्नुभयो । त्यो रेकर्ड इतिहासमा सुरक्षित छ त्यो कसैले मेटाएर मेटिँदैन ।’ कांग्रेसको हकमा पनि त्यही लागु हुने उनको भनाइ छ । डरले कांग्रेस र एमालेलाई जोडेको भन्दै उनले त्यो डर सुशासनको भएको बताए । उनले १७ गतेको सहमतिपछि सरकारलाई धम्क्याउने काम गरेको छ । उनले सरकारले कुनै दीर्घकालीन निर्णय नगरेको पनि बताए ।

प्रचण्डले दुई दलबिच लुकेर भएको सहमति राष्ट्रिय सहमति नहुने पनि बताए ।उनले भने, ‘दुई दल आफैँ मिलेको हैन, तपाईंहरुलाई कसैले मिलाएको हो । किन मिलाएको हो, घाम जतिकै छर्लङ्ग छ । सिधै कांग्रेस एमाले मिल्न लागेको भनेर राष्ट्रिय सहमतिको झुटको बर्को ओढी राख्नुभएको छ । आफ्नो पङ्क्ति र जनतालाई गुमराह गर्ने कोसिस भइरहेको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन । राष्ट्रिय सहमति सदनमा भएका सबै दलहरूलाई राखेर बिचार विमर्श गरेर मात्र हुन सक्छ ।’

उनले कांग्रेस एमालेबिच असार १७ गते राती सहमति भएर हस्ताक्षर भए पनि १८ गते एमाले अध्यक्ष केपी ओलीले सहमति भएकै छैन भनेर झुट बोलेको बताए । त्यसबारे आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सोध्दा देउवाले म झुट बोल्दिन भन्दै सहमति भएको बताएको उल्लेख गरे । उनले ओलीमा ढाँट छलको सीमा नभएको बताए ।

एमाले र कांग्रेस मिल्दा आफूलाई तनाव नहुने उल्लेख गर्दै प्रचण्डले जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्न दुई दललाई सुझाव दिए । जनताको अधिकार खोस्न सजिलो नहुने भन्दै उनले अब त्यसो सोचिए या जिस्क्याउने कोसिस भए संसद् र सदनमा ठुलो प्रतिरोध हुने बताए । रातोपाटीबाट

 

  • निशानामा कांग्रेस–एमाले पूर्णपाठसहित
  • प्रचण्डको आक्रोश र चेतावनीयुक्त सम्बोधन
शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो
कस्तो रहला आजको मौसम ?
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

समाचार

सबै

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

विशेष

सबै
समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.