धनगढी । कैलालीमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ भने बचाउन गएका अर्का मानिस घाईते भएका छन । मृत्यु हुनेमा कैलाली, भजनी ३ धुसी बस्ने चन्द्र बहादुर पाण्डेको छोरा बर्ष १३ को जनार्जन पाण्डे छन भने घाईते सोही ठाउ बस्ने बर्ष १८ का पारश ठगुन्ना रहेका छन । शुर्कबार साँझ पाण्डेले आफ्नै घर आगन नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगी माछा मार्ने क्रमामा करेन्ट लागेको र ठगुन्नाले बचाउन खोज्दा दुबै जनालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घाईते भई सवास्थ्य चौकी भजनी कैलालीमा ल्याई उपचारको क्रममा पाण्डेको मृत्यु भएको,र ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको, जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
करेन्ट लागी बालकको मृत्यु अर्का एक जना घाईते
करेन्ट लागी बालकको मृत्यु अर्का एक जना घाईते
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













