धनगढी । कैलालीको गोदावरी ५ गेटामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी ४ उत्तरबेहडी बस्ने बर्ष ३५ का भिम बहादुर पुन भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ अत्तरियाबाट धनगढी तर्फ जादै गरेको सुपप्र०१ ००८ प ३३३७ नम्बरको मोटरसाईकल छाडा गोरु संग ठोक्किन जाँदा चालक गम्भिर घाईते भई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा पुनको मृत्यु भएको,जनाएको छ । गोरुको भने घटना स्थलमानै मृत्यु भएको, र दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













