कैलाली । नेपाल पत्रकार महासंघ प्रदेश र जिल्ला कार्यालयमा लगाएको ताला खोलेको छ । आज नेपाल प्रेस युनियन कैलालीले सो ताला खोलेको हो ।युनियनले बिगत एक महिना देखी नेपाल पत्रकार महासंघको प्रदेश कार्यालयमा तालाबन्दी गरेको थियो ।
नेपाल पत्रकार महासंघका कुनै बैध संरचनाले सिफारिस गरिएका गैर पत्रकारको सदस्यता खारेज गर्नु पर्ने भन्दै तालाबन्दी गरिएको प्रेस युनियन कैलालीका उपाध्य शंकर बोहराले बताए ।
पत्रकार महासंघ, शाखा र प्रदेश समितिले बिधान,बिधि,प्रक्रिया अनुसार सिफारिस गरेका सदस्य कायम गर्नु पर्ने माग राखेर तालाबन्दी गरिएको थियो उनले भने युनियनले राखेका माग सम्बोधन भएपछि आज तालाबन्दी खोलेका हौ ।













