कैलाली । जरीवाना ठहर भई फरार सुचिमा रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको बिभिन्न
मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका बन मुद्दामा रु।६,९००। जरिवाना तोकिएको टीकापुर ५ बस्ने बर्ष ३५ को झपट सिह
बिक र चेक अनादर मुद्दामा रु।१,०००। जरिवाना तोकिएको गोदावरी १ बस्ने बर्ष ४८ को भक्त बहादुर बुढामगर रहेको प्रहरीले जानकारी दिएको छ ।
आईतवार साझ जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।













