मकवानपुर । हेटौंडा उपमहानगरपालिका ३ तिनताप्केबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिरलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको योद्दा गाडीलाई जाँच गर्ने क्रममा गाडीको ढालामा बालुवार मलले छोपी राखेको २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महोमदलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













