• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मुक्त कमैया बस्तीका बीचमा नमुना विद्यालय

  •   सोमबार, पुष ०१, २०८१ मा प्रकाशित

टीकापुर । बस्तीका बिचमा चिटिक्क परेको, पर्खालले घेरिएका भवन छन् । गेटभित्र लहरै अशोकका बिरुवा देखिन्छन् । हरेक बिरुवासँगै व्यक्तिको नाम लेखिएको छ । आँगनमा सफा चौर छ  । खानका लागि तातो चिसो पानीको व्यवस्था छ । साना नानीका लागि खेल्ने प्रशस्तै सामग्री छन् । भवनका भित्तामा प्रेरणदायी व्यक्तिका भनाइ लेखिएका छन् ।

यो झलक टीकापुर नगरपालिका–१, शक्तिनगर मुक्त कमैया बस्तीस्थित शक्तिदेवी आधारभूत विद्यालयको हो । यहाँ मुक्त कमैयाका बालबालिका पढ्छन् । अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने भए पनि घरमा भएका अभिभावक बालबालिकालाई बिहान विद्यालय पु¥याउन र छुट्टी हुने बेला लैजान विद्यालयमै पुग्ने गरेका छन् । बालबालिकाले खेल्दै सिक्न ७२ थान ट्याब छन् । दुई लाख रुपियाँ बराबरका खेल्ने सामग्री छन् । शैक्षिक गुणस्तर बढाउन शिक्षकलाई जिम्मेवार बनाइएको छ । विद्यार्थीको क्षमता बढाउने साप्ताहिक रूपमा अतिरिक्त व्रिmयाकलाप हुने गरेका छन् । शिक्षक, व्यवस्थापन समितिका अध्यक्षले आफ्नै नाममा एउटा बिरुवा रोप्नुपर्ने र हुर्काउनुपर्ने नियम छ । विद्यालयमा पढ्ने वातावरण राम्रो भएकाले यहाँका बालबालिका पढाइमा राम्रो देखिएका छन् ।

दस वर्षअघिको विद्यालय

टीकापुर हवाई मैदानबाट सारिएको मुक्त कमैया बस्तीसँगै विद्यालय पनि स¥यो तर भवन थिएन । २० प्रतिशत समुदायको लगानी रहने गरी बिल्ड अन संस्थाबाट तीनकोठे भवन पाइयो तर २० प्रतिशत लगानी जुटाउन कठिन भयो । “आँगनमा खाल्डो थियो, न झ्याल न ढोकाको अवस्था थियो । सहयोग माग्दा सारै कठिन थियो, कसैले पत्याउँदैनथ्यो,” विद्यालयका संस्थापक प्रधानाध्यापक प्रेमलाल चौधरी भन्छन्, “नयाँ प्रधानाध्यापक आएपछि जान्नेमान्ने मानिस बोलाएर ल्याउनुभयो । झ्यालढोका लगाउन र खाल्डो पुर्न सहयोग जुट्यो । उहाँले वचन हालेपछि कसैले नाइँ नभन्ने रहेछन् ।”

स्थायी शिक्षक काशीराम ढुङ्गाना प्रधानाध्यापक भएर आएपछि सुरु भएको विद्यालय व्यवस्थापनको सिलसिला एक दशकमा पुग्दा नगरपालिकै नमुना बनेको छ । विभिन्न निकायको सहयोगमा विद्यालयमा पूर्वाधार बनेका छन् भने मन्दिर, कक्षाकोठामा पङ्खा, दराज जस्ता सामान व्यक्तिगत दातासँग मागेरै जुटाइएको छ । शिक्षक कर्मचारी मिलनसार, हरेक काममा प्रधानाध्यापक अग्रसर भएको देख्दा शिक्षकले पनि फुर्तिलो भएर काम गर्नुपर्ने वातावरण रहेको यसै वर्ष सरुवा भएर आएकी शिक्षक पवित्रा भण्डारीले बताइन् । अभिभावक रामलाल डगौराले आफ्नो बस्तीको विद्यालयमा सबै व्यवस्था भएको, बालबालिकाले पढेको, खेलेको देख्दा वरपरका अरू विद्यालय त्यस्तै हुनुपर्छ भन्ने लागेको बताए ।

प्रधानाध्यापक ढुङ्गाना २०७१ साउनमा आउँदा सरकारी निकायको ध्यानाकर्षण गराउन, मुक्त कमैया बस्तीको विद्यालय भएकाले अभिभावकलाई विद्यालयमा जोड्न, विद्यालयमा पढ्ने वातावरण बनाउन कठिन भए पनि सबैसँग समन्वय गर्दै जाँदा सुविधासम्पन्न नमुना विद्यालय भन्नलायक भएको बताउछन् । गोरखापत्रबाट

  • नमुना विद्यालय
सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.