कैलाली । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













