धनगढी । कैलालीबाट लागूऔषध खैरो हेरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको जानकि ९ खैरिफाँटा बस्ने १८ बर्षिय किशोर रहेका छन् ।
शनिबार इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमालिई खानतलासी गर्दा उनको साथबाट ५ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ समेत बरामद गरि पक्राउ गरिएको जनाएको छ । उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













