धनगढी । लायन्स क्लब अफ धनगढी सिटीले धनगढी उपमहानगरपालिकालाई शव चिस्यान यन्त्र प्रदान गरेको छ।
शनिवार लायन्स क्लबका अध्यक्ष के.डी. भट्ट, लायन्स क्लबका पूर्व गभर्नर सि.बी. चन्द र लायन्स क्लबका अन्य नेतृत्वहरुको उपस्थितिमा चिस्यान यन्त्र नगरपालिकालाई हस्तान्तरण गरेको हो।
योसँगै अब उपमहानगरपालिकासँग ६ वटा चिस्यान यन्त्र भएको छ। धनगढीले पाँच वटा शव चिस्यान यन्त्र खरिद गरेर नगरवासीलाई सेवा दिँदै आएको थियो।
शव चिस्यान यन्त्रको माग भएपछि धनगढी उपमहानगरपालिकको नगर प्रहरीले मृतकको घरसम्मै पुर्याउने गरेको छ। मृतकको अन्तिम संस्कारका लागि शव बाहिर निकालेपछि शव चिस्यान यन्त्र पुनः उपमहानगरपालिकालाई बुझाउने गरिएको छ । धनगढी उपमहानगरपालिकाले सुरुमा २०८० मङ्सिरबाट दुईवटा शव चिस्यान खरिद गरि निःशुल्क सेवा सुरु गरेको थियो ।













