अछाम । अछाममा डरदेखाइ बुहारीलाई जबरजस्ती करणी गर्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।
चौरपाटी १ बस्ने ससुराले सोही ठाउ बस्ने बुहारीलाई बिगत एक बर्ष अगाडि देखि डरदेखाइ पटक-पटक जबरजस्ती करणी गर्ने गरेको उजुरीको आधारमा शनिबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।
ससुरा नजिकको हाड नाता पर्ने जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिगएको प्रहरी टोलिले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले निशाना न्युजलाई जानकारी दिए ।















