धनगढी । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।
आइतबार जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लास्थित महाकाली नदीको किनारामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनको नाम,थर र वतन नखुलेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ।













