धनगढी । कञ्चनपुरमा प्रहरीले भन्सार अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।
मंगलबार जिल्लाको भीमदत्त नगरपालिका– ९ तुम्णाईन र बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु २ लाख ७१ हजार ५७० बराबरको टि–सर्ट, कट्टु, बेल्ट, दाल,फलफुल, किरानाका सामान,दुई थान मोटरसाइकललगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।













