धनगढी । कञ्चनपुरमा बैंकिङ कसुर मुद्दामा फरार दुईजना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा १ बर्ष १० महिना ७ दिन कैद सजाय र रु २५ लाख ४० हजार ५२२ जरिवाना तोकिएका कञ्चनपुरको बेलौरी नगरपालिका–१ बस्ने ५२ वर्षीय रामबहादुर गिरी थारु र सोही मुद्दामा रु २२ लाख ८३ हजार ८०० जरिवाना तोकिएका पुनर्वास नगरपालिका–८ खड्डा बस्ने ४२ वर्षीय मिलन राना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई मंगलबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।













