धनगढी । डडेल्धुरामा बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका–५ का २७ वर्षीय हरिसिंह पाली रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र दुई लाख जरिवाना तोकिएका पालीलाइ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट पक्राउ गरेको जनाएको छ।













