अछाम । अछाममा चट्याङ लागेर ३ वटा बाख्राको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन् ।
गएराती २बजेको समयमा अछाम चौरपाटी ७ मार्कु बस्ने हर्क बहादुर बोगटीको घरमा चट्याङ पर्न जांदा गोठमा बांधेका ३ वटा बाख्राको मृत्यु हुनाको साथै र उनको श्रीमती चन्द्रकला बोगटी घाईते भएकी हुन् । उनको दाहिने खुट्टामा सामान्य चोट लागेको छ ।
चौखुट्टेबाट प्र.ना.नि.पदम सिंह साउदको कमाण्डमा-३ जनाको टोली उक्त क्षेत्रमा खटिगएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए ।













