धनगढी । कैलालीमा एक गोठमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका– ६ बाघमारा बस्ने लालसिंह भुलको काठले बनेको टिनले छाएको दुई तले कच्ची गोठमा सोमबार आगलागी भएको प्रहरीले जनाएको छ ।
हावाहुरी पानीसँगै पर्न गएको चट्याङको झिल्काबाट आगलागी हुँदा अन्दाजी मुल्य रु १ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको तथा स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ ।













