धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित ब्रोड बेस्ड एकेडेमीले स्कुलको क्याप्टेन र सह–क्याप्टेन छनोटका लागि निर्वाचन गरेको छ ।
मंगलबार विद्यालयले सम्पूर्ण प्रकृया पूरा गरी शैक्षिकसत्र २०८२ का लागि क्याप्टेन र सह–क्याप्टेन छनोट गर्न निर्वाचन गरेको हो ।
क्याप्टेन पदका लागि ३ र सह–क्याप्टेन पदका लागि ५ जनाको उम्मेदवार रहेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यार्थीहरुले निर्वाचन प्रकृयाबारे बुझ्न सकुन् भनेर निर्वाचन गरिएको विद्यालयका फाउन्डर प्रिन्सिपल रमेश विकले बताए । उनले भने ‘हामीले निर्वाचनमा अपनाउनु पर्ने सबै प्रकृया अपनाएर निर्वाचन गरेका छौँ । यसबाट विद्यार्थीलाई निर्वाचन भनेको के हो ? निर्वाचन कसरी गरिन्छ भन्ने बारेमा जानकारी गराउन खोजेका हौँ ।’
कुसल नेतृत्व छनोटका लागि निर्वाचन अति आवश्यक भएकाले निर्वाचन गरिएको उनले बताए । निर्वाचनमा क्याप्टेनका लागि विद्यालयमा अध्ययनरत केशव जोशी,समर विक र हिमान्सी बोहरा उम्मेदवार रहेको तथा सह–क्याप्टेनका लागि अशोक भाट,गणेश ऐर,विकल्प विक,धिरेन्द्र जैशी र सागर पाडेय रहेको जनाइएको छ ।

निर्वाचनमा कक्षा ५ देखि ८ सम्मका ९७ जना विद्यार्थीले मतदान गरेको विद्यालय प्रशासनले जनाएको छ । उम्मेदवारहरुले विद्यालयमा अनुशासन कायम गर्नेलगायतका चुवावी उजेन्डा रहेको बताएका छन् । केही समयपछि मतगणना हुने जनायएको छ ।
















