धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित ब्रोड बेस्ड एकेडेमीको स्कुल क्याप्टेनमा हिमान्सी बोहरा निर्वाचित भएकी छन् ।

मंगलबार भएको निर्वाचनमा बोहरा ४८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी केशर जोशीले ३१ र समर विकले ८ मत प्राप्त गरे ।
त्यस्तै,सह–क्याप्टेनमा २६ मत प्राप्त गरी अशोक भाट विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विकल्प विकले २३,धिरेन्द्र जैशीले २३,गणेश ऐरले ८ र सागर पाण्डेयले ३ मत प्राप्त गरेको विद्यालयका फाउन्डर प्रिन्सिपल रमेश विकले जानकारी दिए ।
उनले शैक्षिकसत्र २०८२ का लागि क्याप्टेन र सह–क्याप्टेन छनोटका लागि निर्वाचन गरेको बताए । विद्यार्थीहरुले निर्वाचन प्रकृयाबारे बुझ्न सकुन भनेर निर्वाचन गरिएको उनले बताए । उनले भने ‘हामीले निर्वाचनमा अपनाउनु पर्ने सबै प्रकृया अपनाएर निर्वाचन गरेका छौँ । यसबाट विद्यार्थीलाई निर्वाचन भनेको के हो ? निर्वाचन कसरी गरिन्छ भन्ने बारेमा जानकारी गराउन खोजेका हौँ ।’

कुसल नेतृत्व छनोटका लागि निर्वाचन अति आवश्यक भएकाले निर्वाचन गरिएको उनले बताए । निर्वाचनमा कक्षा ५ देखि ८ सम्मका ९७ जना विद्यार्थीले मतदान गरेको विद्यालय प्रशासनले जनाएको छ ।















