धनगढी । कैलालीका पत्रकार दिनेशबहादुर बिष्ट यसवर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिष्टलाई पुरस्कारका लागि छनोट गरेको हो ।
सगरमाथा टेलिभिजन र स्टेट सेभन अनलाइनमा कार्यरत बिष्टलाई पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्न लागिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको सूचनामा सुदूरपश्चिम प्रदेशबाट बिष्टलाई छनोट गरिएको उल्लेख छ । बिष्टसँगै देशभरका ९ जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार तथा एक जनालाई खेलकुद पत्रकार सम्मान प्रदान गरिने सूचनामा उल्लेख छ ।
मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार आर्थिक वर्ष २०८१/८२ को पुरस्कारका लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मुल्यांकन गरेर छनोट गरिएको हो । बिष्ट नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष पनि हुन् ।













