धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
बुधवार जिल्लाको कैलारी गाउँपालिका–७ घोडाघोडियास्थित मोहना नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका ४५ वर्षीय दुलाराम चौधरीको डुबेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
चैधरीलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी वल बीओपी भुईया फाँटाबाट खटिएको संयुक्त टोलीले खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको जनाएको छ।













