धनगढी । कैलालीको चौमाला खोलाले बगाएर बेपत्ता भएका नरबहादुर ताम्राकारको शव फेला परेको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा चौमाला खोलाले बगाएर बुधवार साँझ बेपत्ता भएका ६५ वर्षीय ताम्राकारको शव फेला परेको हो ।
ताम्राकारको बिहिबार बिहान धबै नजिकै खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ पुरानो चौमाला बजारदेखि घर जाँदा खोला तर्ने क्रममा ताम्राकार बगेर बेपत्ता भएका थिए ।













