डोटी । डोटीमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार जिल्लाको आदर्श गाउँपालिका– १ दोबाजस्थित दिपायल मौवा मेल्लेख सडकमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनाग्रस्त जिप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको छ । दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएको जनाइएको छ । थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।













