डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शुक्रबार आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटी स्थित दिपायल सायल सडक खण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परि सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया हरुदेवि विक, जिप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा परि आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ बर्षीया अनिता विक, १६ ववर्षीया स्यानु विक, वडा नम्बर ७ दडिमाना बस्ने २२ वर्वीय कैलाश विष्ट,१४ वर्षीय दीपक विष्ट घाइते र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।















