धनगढी । कैलालीमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । शुक्रबार जिल्लाको धनगढी उपमहानगरपालिका–२ एसपीए कलेज नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु ४६ हजार ६०२ बराबरका सामान नियनत्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त मूल्यका गाडी र ट्रकको पार्ट पुर्जा लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा
फेला पारी नियन्त्रणमा लिएको हो ।













