धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१ चक्मेली पुलनजिक,वडा नं-१२ पटरीघाट र कैलारी गाउँपालिका-५ गोबरेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख २७ हजार ४९० बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त मूल्यका चिनी, बिडी, सुर्ती, पेय पदार्थ, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।













