धनगढी । कञ्चनपुरमा एक मासु पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् ।
शनिबार जिल्लाको भीमदत्त नगरपालिका-१० शुकासालस्थित सोही ठाउँ बस्ने महेश लुहारले संचालन गरेको कुखुरा मासु पसलमा कुखुराको मासु पोल्ने क्रममा ग्यासको पाइपबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आगलागी हुँदा पसल भित्र रहेका डि-फ्रिज, पंखा लगायतका सामानहरु गरी अन्दाजी रु. १ लाख २० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मानवीय क्षति नभएको तथा स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।













