धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले पार्टीको बैतडी जिल्ला कार्यालयमा भएको आगलागीको घटनाप्रति ध्यानाकर्ष भएको जनाएको छ । प्रदेश समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रदेश अध्यक्ष हरिराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘बैतडीमा रहेको पार्टी कार्यालयमा शनिबार अज्ञात समूहको नाममा आगजनी गरि पार्टी कार्यालयमा रहेका कार्यालय सामाग्री फर्निचर,पार्टीका महत्वपूर्ण दस्तावेजहरु लगायतका सरसमाग्री नष्ट गरिएको छ ।’
‘हाम्रो विचार आस्था पार्टी कार्यालयको भौतिक सम्पतिमा क्षति गर्ने अज्ञात समुहको अपराधिक कार्य प्रति पार्टी प्रदेश कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा पार्टी कार्यालयमा आगजनी गर्ने समुहको यथासिघ्र पहिचान गरि कानूनी कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई मागसमेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यस प्रकारको अपराधिक,अराजनितिक र कायरतापूर्ण कार्यको हामी घोर निन्दा र भत्सना गर्दछौँ । पार्टी कार्यालयमा आगजनी गर्ने समुहको यथासिघ्र पहिचान गरि कानूनी कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ ।’
















