धनगढी । कैलालीमा कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत लखिमपुर जिल्ला बेलावर्सी बस्ने बर्ष २४ को सौरब सिंह र बर्ष २० को विपिन कुमार रहेका छन् ।
आईतबार प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी १२ पटरीघाट स्थित भारत लखिमपुर का सिंह र विपिनलाई नेपाल भारत सिमानामा पैदल हिडिरहेको अवस्थामा संका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट कटुवा पेस्तोल नाल १ र सो मा लाग्ने गोली–१ राउण्ड फेला पारेको जनाएको छ ।
उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरि पेस्तोल र १ राउण्ड गोली सहित बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













